मलेसियाका अवैध कामदारलाई वैध बनाइने

![]() |
मलेसिया: मलेसिया सरकारले यहाँ रहेका गैरकानुनी हैसियतका विदेशी कामदारलाई वैध गराउन प्रक्रिया थाल्ने भएको छ ।
बजेट भाषण मार्फत नै यहाँका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । वजेट भाषणमा बोल्दै यहाँका अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री नजिब रजाकले अवौधानिक आप्रवासी कामदारलाई छिट्टै वैधानिक बनाउने प्रक्रिया सुरु गर्न लागेको बताएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
औद्योगिक क्षेत्रमा भएको मागपूर्ति गर्न र सुरक्षाका हिसाबले पनि गैरकानुनी कामदारको खोजी गर्नका लागि उक्त अवसर दिन लागिएको जनाइएको छ । यो कार्यक्रम सुरु गर्ने मिति भने तोकिएको छैन ।
सरकारद्वारा गैरकानुनी कामदार व्यवस्थापनको जिम्मेवारी पाएका कतिपय कम्पनीहरुले भने वैधता कार्यक्रमको आन्तरिक तयारी गरिरहेका छन् । कामदार वैध हुन पूरा गर्नुपर्ने प्रक्रिया एबम् शुल्क र समयावधिबारे हालसम्म केही पनि खुलाइ सकेको छैन ।
मुलुकभित्र रहेका गैरकानुनी कामदारको संख्या घटाउन उसले यस्तो कार्यक्रम ल्याएको हो प्रधानमन्त्रीको भाषणलाई उधृत गर्दै यहाँका संन्चारमाध्यमले जनाएका छन् । यो कार्यक्रम लागु गरिए मलेसियामा कार्यरत अवौधानिक नेपाली कामदारलाई समेत राहात पुग्ने छ ।
यसैबीच विदेशी कामदारको व्यवस्थापन प्रणालीलाई चुस्त बनाउन कामदारबाट लिँदै आएको लेबी नीतिलाई परिवर्तन गरिने बताइएको छ । यसका लागि दुईवटा शल्क निर्धारण गर्न लागिएको छ । तर, यो प्रावधान घरेलु कामदारका हकमा भने लागू हुने छैन ।



0 comments
प्रतिक्रिया दिनुहोस्...