यौनआनन्द लिने वैकल्पिक उपायहरु !जानीराखौ

![]() |
हस्तमैथुन : यौन आनन्द दिने हस्तमैथुन एक
राम्रो वैकल्पिक उपाय हुन सक्छ । त्यसैले
होला कतिले त यसलाई वरदानको रुपमा
पनि लिने गर्दछ । आफ्नो यौनाङ्ग आफैले
चलाएर यौनानन्द लिने यौन
क्रियाकलाप नै हस्तमैथुन हो । यस क्रममा
कतिपयले त यौन चरमसुख समेत सजिलै
प्राप्त गर्ने गर्दछन् । पुरुषको तुलनामा कम
महिलाले हस्तमैथुनको माध्यमबाट यौन
चरमसुख लिने गरेको भए पनि उनीहरुको
लागि हस्तमैथुनको थालनी आफ्नो यौन
शरीरबारे जानकारी पाउने र आनन्द लिने
कार्यको राम्रो सुरुआत हुन सक्छ ।
हस्तमैथुनको बारेमा कतिपय व्यक्तिमा
गलत धारणा हुने भए पनि यसले हानी नगर्ने
कुरामा त पक्का भई संलग्न भए आनन्द बढी
हुन्छ ।
यौन परिकल्पना : यौन आनन्द लिने यो
विशेष क्रियाकलाप हो । यौनका धेरै
कुरा मस्तिष्कबाट नै शुरु हुन्छ । जानियो भने परिकल्पनाको प्रयोगले अन्य यौन क्रियाकलापलाई बढी उत्तेजित बनाउन
एकदमै सहयोग गर्छ । कसैको सहायता विना एक्लै गर्न सकिने यस्ता परिकल्पना कल्पनाको संसारमा उन्मुख भएर विचरण
गर्ने मौका दिन्छ । योनी, लिंग, मैथुनमा यो सहयोगी हुने कुरा एकातिर छ भने अर्कोतिर यौन अंग प्रवेश नगराई गरिने
यौन क्रियाकलापमा वा बाहृय यौन सम्पर्कमा पक्कैनै धेरै सहयोगी हुने गर्दछ ।
चुम्बन : चुम्बन आफै नै एक विशेष अर्थ बोकेको यौन क्रियाकलाप हो । ओंठ वा अधर आफैमा यौन संवेदनशील अंग हो र यसको
स्पर्शले यौन उत्तेजना त दिन्छ नै, तर यो यौन आनन्द मात्र दिने क्रियाकलाप नभई माया र स्नेह प्रदर्शन गर्ने
क्रियाकलाप पनि भएकाले यसको सम्झना मात्रै पनि आफैमा रोमान्चक हुने गर्दछ । अधरको चुम्बन प्रमुख कुरा हो र यसका
अनेक रुप छन् ।
फ्रेन्च किस : एक अर्काको मुखमा जिब्र पसाई गरिने चुम्बनको तुलनामा सुख्खा चुम्बन सुरक्षित मानिन्छ । अर्को महत्वपूर्ण
कुरा चुम्बनलाई ओंठमा मात्र सीमित राख्नु पर्छ भन्ने छैन । गर्धन, छाती, स्तन, नाभी, कटिस्थान, खुट्टाका औंला नितम्ब
आदि यौनाङ्गको जुनसुकै भागको पनि चुम्बन लिन सकिन्छ ।
आलिङ्गन : मन पर्ने व्यक्तिको अंगालोमा बाँधिनु आफैमा आनन्ददायक हुन्छ । यौन चरमसुखको स्थितिमा नपुगेर वा पुग्ने
प्रयासनै नगरेर हल्का किसिमको रमाइलो लामो समयसम्म विस्तारै अनुभव गर्न चाहनेको लागि यो उत्तम उपाय हुन सक्छ
। श्रृंगार रसले परिपूर्ण वार्तालापमा यसले राम्रो साथ दिन्छ ।
सुम्सुम्याउनु : एक अर्कालाई सुम्सुम्याउनु स्नेह प्रदर्शन गर्ने तरिका हुँदाहुँदै पनि यो यौन आनन्ददायक हुन सक्छ । कपाल, स्तन
तथा स्तनको मुन्टो, तिघ्रा यौनाङ्ग वा अन्य यौन संवेदनशील अग सुम्सुम्याउनु सकिन्छ । त्यसैगरी एक अर्काको यौन
संवेदनशील अंगको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु पनि वैकल्पिक आनन्द दिने उपाय हुन सक्छन् ।
शरीर घर्षण : एक आपसमा आफ्ना शरीरलाई रगडेर यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हुन्छ । दुवै जनाको सहमतिमा यस्तो
गर्दा लुगा लगाएर अर्धनग्न भएर वा लुगा नलगाइकनै पनि गर्न सकिन्छ । आजभोलिका कतिपय आधुनिक नृत्य विशेष गरेर
पार्टीको अवसर वा भीडभाडमा केही हदसम्म यस्तो घर्षण वा स्पर्श गर्न मिल्ने भएर पनि होला यस्तो खोजीमा थुप्रै
भएको देखिन्छ । तर यहाँ सहमति विना पनि शरीर घर्षण गर्ने स्थिति बन्न सक्छ । जमघटको कारणले होस् वा सवारी
साधन आदिस्थानमा शरीर घर्षण गरेर यौन आनन्द लिन खोज्ने प्रशस्तै भेटिन्छन् । तर अर्काको सहमति विना सार्वजनिक
स्थानमा गरिने यस्ता क्रियाकलाप नेपालको परिप्रेक्ष्यमा पनि देख्न सकिन्छ जसलाई यौन दुव्र्यवहारको संज्ञा दिनु
पर्ने हुन्छ ।
यौन साहित्य : एक्लैले दुई जनाले होस् वा बढी जनाले यौन साहित्यको पाठ गरेर यौन आनन्द उठाउन सक्छन् । चरम सुखको
स्थितिमा नै पुर्याउन नसके पनि यसले एक किसिमको आनन्द त दिन्छ नै । यौन क्रियाकलापलाई विस्तृत रुपमा वर्णन
गरिएका शब्द चित्रले यौन परिकल्पना अनि हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्न धेरै नै मद्दत पुर्याउने छ ।
यौन चलचित्र : यौन चलचित्रलाई बन्देज गरिने प्रयास संसारको सबै जसो देशमा हुने गरे पनि यसको माग ठूलो भएको र
व्यापकता पनि भएकाले कारण यसले दिने यौन सुख नै हुनुपर्छ । वास्तविक व्यक्ति नै हुने यस्ता चलचित्र हेर्दा यौन
उत्तेजनाको चरम विन्दुसम्म सजिलै पुग्न सहयोग गर्न सक्छ । रुची र परिस्थिति अनुसार नितान्त एक्लै यौन साथीसँग वा
समूहमा बसेर हेर्ने गरिन्छ । कम्प्युटर इन्टरनेट अनि सूचना प्रविधिको विकास सँगसँगै यसको प्रकृति अनि पहुँच पनि एकदमै फरक
भएर गएको छ
0 comments
प्रतिक्रिया दिनुहोस्...