निर्देशकले यौनसम्पर्क राख्न खोज्दा सुटिङ स्पटबाटै भागिन् यी हिरोइन !

![]() |
काठमाडौं । सानैदेखिको हिरोइन बन्ने सपना साकार पार्न फिल्म क्षेत्रमा संघर्षरत निशा (नाम परिर्वतन) ले यो नियतबाट आफु पिडित बनेको बताइन् ।
उनले भनिन्- ‘एक वर्ष अघिको कुरा हो । एक जना पुराना निर्देशकले मलाई फिल्ममा अभिनय गराउने पक्का गरे । मैंले पनि फिल्म खेल्न पाउने भएपछि हुन्छ भने । तर पछि निर्देशकको नियत अर्कै देखियो । सुटिङ स्पट बाटै भागेर आएँ ।’
उनका अनुसार गाडीमा एक दिन लाग्ने लोकेशनमा उनी सुटिङका लागि पुगिन् । उनले घटनाको बेलिविस्तार लगाइन्, ‘उमेरले हजुरबुवा जस्तो देखिने ती निर्देशकले यात्राका क्रममा पहिले पिठ्युमा धाप मार्दा त कहिले घुम्तीमा अंगालो मार्दा मैंले त्यसलाई ठूला‘बा’ को केयरिङ सम्झेको थिएँ । सुटिङ स्पटमा पुगेपछि भने मलाई उनले स्क्रिप्टका लागि छलफल भन्दै बोलाएर तिमी त बलिउडकी हिरोइन जस्तो देखिन्छौं । चाँडै टप हुन्छौं । म जस्तो मान्छे भेट्नु नै तिम्रो अहोभाग्य हो ।
तर मसँग साँस्कृति कार्यक्रम चाहिं गर्नुपर्छ भने’ भन्दा साँस्कृतिक कार्यक्रम गर्नुपर्छ भनेपछि त्यसको अर्थ देहसुख लुट्नु थियो भन्ने बुझेपछि आफु फिल्म नखेली काठमाडौं फर्किएको उनले बताइन् । त्यसपछि अर्का निर्माताले पनि फिल्ममा पक्का गरेपछि आफुलाई त्यस्तै प्रस्ताव राखेको उनले बताइन् । (शुक्रबार साप्ताहिकबाट)
0 comments
प्रतिक्रिया दिनुहोस्...