-->
दांत दुखेको छ ?? अपनाउनुहोस यी उपायहरु

दांत राम्ररी सफा नगर्नाले, बिहान बेलुका दिनहु राम्रो संग ब्रस नगर्नाले हामीले खाएको खानेकुराहरुको टुक्राहरू दाँतको कुनामा रहन्छ 

धेरै समय सम्म यसरि रहदा त्यहि कुहिन्छ, यसरि कुहिदा दात मा किरा लाग्ने गर्दछा साथै दात को जरा खुकुलो हुन्छ र दात दुख्ने गर्दछ 

त्यसैले बिहान बेलुका वा खान खाएपछि दिन को २ पटक राम्रोसंग दात ब्रस गर्ने गर्नु पर्दछ तर यदि तपाइको दात दुखिसकेको छ भने तल दिइएको कुनै उपाय अपनाउन सक्नु हुन्छ जसले गर्दा तपाइँ लाइ निक्कै राहत मिल्नेछ 

लसुनको एक कोस्रा थोरै बिरे नुन (आयुर्वेदिक पशल मा पाइन्छ) संग पिसेर (पिधेर) दुखेको दात मा राम्रो संग थिचेर राख्यो भने दातको दुखाई हराउछ 
दिनहु एक कोस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दात को दुखाई बाट छुटकारा मिल्छ 
यदी दांत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दांतको दुखाई धेरै हद सम्म कम हुन्छ 
खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्या हरु देखा पर्छन तर अलिकति खैनी संग नुन राखेर पिसेर दिनहु दांत ब्रस गर्नाले दांत को दुखाई बाट मुक्ति मिल्छ 
दांत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत मिल्दछ 
प्याज लाइ कुटेर किराले खाएको दांतमा राख्यो भने पनि दुखाई कम हुन्छ 
ल्वाङ को तेलमा कपास भिजाउनु होस् र किरा लागेको दांतमा राख्नु भयो भने पनि दुखाई कम हुन्छ 
दांत दुख्ने व्यक्तिहरुले दिनमा ३-४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ  पुदिनाको पात लाइ पिधेर किरा लागेको दांतमा मा राख्नाले दुखाइ धेरै कम हुन्छ 
हिङ र कागती मिलाई पेस्ट बने दांत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.