नेसनल जियोग्राफिकको उत्कृष्ट गन्तब्य सूचीमा नेपाल

![]() |
२२ मंसिर, काठमाडौं । पर्यटनसम्बन्धी बिश्वप्रसिद्ध प्रकाशन ‘नेसनल जियोग्राफिक ट्राभलर’ले सन् २०१६ मा घुम्नैपर्ने ठाउँको सूचीमा नेपाललाई पनि राखेको छ ।
सन् २०१६ मा छुटाउनै नहुने ‘कुल’ गन्तब्यको सूचीमा नेपाल छैटौ नम्बरमा परेको छ । ‘महाभूकम्पका कारण नेपाल जाने पर्यटकको संख्यामा ८५ प्रतिशतले कमी आए पनि यो देश घुम्नका लागि सुरक्षित र ब्यबसायका लागि खुला छ’ म्यागेजिनले भनेको छ-‘स्वयंसेवा र साहसिक पर्यटनका लागि नेपाल सवैभन्दा उत्कृष्ट गन्तब्य हो ।’
सन् २०१६ मा घुम्ने गन्तब्यको खोजीसहित तालिका बनाउन जुटेका पश्चिमी देशका पर्यटकलाई ट्राभलरको यो सूचीले नयाँ गन्तब्यबारे सोच्न बाध्य बनाउँछ ।
भूकम्पका कारण नेपालमा पर्यटकको संख्यामा भारी गिरावट आइरहेका बेला प्रतिष्ठित म्यागेजिनले गरेको यो सिफारिसले नेपालमा पर्यटक आवागमनका लागि प्रेरित गर्ने छ ।
१६ वटा कुल गन्तब्यको सूची सिफारिस गरेको नेसनल जियोग्राफिक ट्राभलरको बेलायती संस्करणले पहिलो नम्बरमा इरानलाई राखेको छ ।
यी हुन् १६ कुल गन्तब्य
१. इरान
२. कोष्टारिका

३. वासिङटन डीसी (अमेरिका)
४. आयरल्याण्ड
५. क्युवा
६. नेपाल
७. सांघाई (चीन)
८. मोजाम्विक
९. सेन्ट भिसेन्ट र द गेनाडिन्स
१०. बोस्निाय र हर्जगोभिना
११. सोमरसेट
१२. रियो दि जेनेरियो (ब्राजिल)
१३. काजाकस्तान
१४. अर्जेन्टिना
१५. सान सेवेन्टियन
१६. द ग्रेट बारियर रिफ




0 comments
प्रतिक्रिया दिनुहोस्...