हिन्द महासागर छेड्ने वैज्ञानिकको तयारी

![]() |
– बेलायतका वैज्ञानिकले हिन्द महासागरको तल्लो सतहमाबाट छेड्न सुरु गरेका छन् । पृथ्वीको सतहको तल्लो भागमा जाने उद्देश्यले वैज्ञानिकले हिन्द महासागरको तल्लो भागबाट छेड्न सुरु गरेका हुन् ।
वैज्ञानिक पृथ्वीको भित्रिभाग मेन्टलबाट चट्टानको नमुना लिन चाहेका छन् । यो चट्टान लिएपछि पृथ्वीको बनावटका बारेमा सही जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । पृथ्वीको बनावटका बारेमा रहँदै आएका विभिन्न मान्यताको जाँच गर्न मेन्टलबाट
लिइने चट्टानको नमुना प्रभावकारी हुने वैज्ञानिकले बताएका छन् । यस अघि पनि धेरै पटक पृथ्वीको भित्रि सहतहमा पुग्नका लागि ड्रिल गर्ने प्रयास गरिएको थियो ।
लिइने चट्टानको नमुना प्रभावकारी हुने वैज्ञानिकले बताएका छन् । यस अघि पनि धेरै पटक पृथ्वीको भित्रि सहतहमा पुग्नका लागि ड्रिल गर्ने प्रयास गरिएको थियो ।
तर ती सबै प्रयास असफल भएका थिए । समुद्रको तल्लो सतहबाट पाँच किलोमिटरसम्म छेड्न निकै कठिन रहने गरेको छ । यो कार्यमा अहिलेसम्म कुनै पनि प्रविधिले काम गरेको छैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...