-->
बाँदरले बस चलाएपछि...

बरेली–भारतको उत्तर प्रदेश राज्यको बरेलीमा एक बाँदरले उपद्रवी काम गर्दा समस्या भएको छ। पार्किङमा रोकिराखेको यात्रुवहाक बस बाँदरले स्टार्टमात्र गरेन, गियर दबाएर बसलाई चलाउँदै अर्को बससँग जुधाएको भारतीय संचारमाध्यमले जनाएका छन्। मंगलबार दिउँसो बाँदरले बस चलाएपछि घटना देख्ने सबै चकित परेका छन्।
संचारमाध्यका अनुसार बरेलीको पिलिभितको उत्तर प्रदेश राज्य परिवहन निगमको बसमा एउटा बाँदर भित्र पसेर पार्किङमा राखिएको बस चलाएर अर्को बससँग ठोक्काएको थियो। बस ढोक्किएपछि बस चालकले बाँदरलाई हटाएर बस नियन्त्रण गरेका थिए।
बस चालक आराम गर्न बसभित्रै पछाडिको सिटमा सुतिरहेका थिए। झ्यालबाट भित्र पसेको बाँदरले चालकको गल्तीमा रहेको चावी निकालेर बस स्र्टाट गरेको थियो। बस चल्न सुरु भएपछि व्यूतिएका चालक बाँदरले बस चलाएको देखेपछि छक्क परेका थिए। चालकलाई देखेपछि आत्तिएको बाँदर गिएर लगाएर भागेको संचारमाध्यमले जनाएका छन्। उत्तर प्रदेश राज्य परिवहन निगमका क्षेत्रीय प्रवन्धक एस के शर्माका अनुसार बाँदले बेला बेलामा सो इलामा उत्पात मच्छाउने गरेको बताए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.