दाजु बहिनीको सम्बन्ध प्रेममा परिणत भए पछि (भिडियो)

![]() |
दिल देखि मन पराएको व्यक्तिले चित्त दुखाएमा कसको मनमा पिर पर्दैन र ? अझ आफ्नो कारणले आफुलाई भन्दा बढी माया गर्ने ब्यक्तिको मनमा आघात पुगे मागिन्छ सरि । त्यस्तै गायक तथा मोडल सन्दिप न्यौपाने संग गायिका तथा मोडल सहिमा श्रेष्ठले सरि मागिरहेकी छिन् । रियल लाईफमा दाजु बहिनीको साईनो गासेर भाईटिका गर्दै आएका यि कलाकारलाई सरि ल बोलको गितमा भने प्रेमी प्रेमीकाको रुपमा देख्न पाईन्छ । गायिका अन्जु पन्तको स्वरमा सजिएको उक्त गितको म्युजिक भिडियो भारतको नैना तालको छेउमा गरिएको छ । बिशेषत यसभन्दा अगाडी सहिमाले आफ्नो स्वर रहेको गितमा मात्र अभिनय गर्दै आएकी थिईन् । प्रकाश भट्टले निर्देशन गरेको यो म्युजिक भिडियोलाई तिर्सना म्युजिकले युटुब मार्फत सार्वजानिक गरेको हो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...