-->
गर्भधारण र महिनावारीबारे जानकारी दिने अतिउपयोगी मोबाईल एप

एजेन्सी | प्रजनन स्वास्थ्यलाई ख्याल गर्ने यो एपले महिलाहरुमा हुने महिनावारी ,प्रजनन र महिनावारी हुनुभन्दा अघि हुने मानसिक अवस्था र बदलावहरुको पूर्वानुमान लगाउन सक्छ |
क्ल्यु(Clue) नामको यो एपलाई महिलाहरुले गर्भवती हुनको लागि ,केहि गर्भनिरोधक औषधिहरु लिने समय याद गर्नको लागि र डक्टरलाई आफ्नो महिनावारीको जानकारी दिनको निम्ति प्रयोग गर्न सकिन्छ | यो एपलाई महिलाहरुले गर्भवती हुनको लागि ,केहि गर्भनिरोधक औषधिहरु लिने समय याद गर्नको लागि र डक्टरलाई आफ्नो महिनावारीको जानकारी दिनको निम्ति प्रयोग गर्न सकिन्छ |
यो ऐपका प्रमुख कार्यकारी तथा  सह-संस्थापक इडा टीनले भने अनुसार आजको जमानामा  महिलाको लागि यो जान्नु ठुलो कुरा हो कि उनको महिनावारी कहिले हुनेछ |
यो एप बनाउने विचार इडाको निजी अनुभवबाट आएको हो | उनको भनाई अनुसार प्रजनन स्वास्थ्य हाम्रो जीवनको महत्वपूर्ण र केन्द्रिय मुद्दा हो |उनी भन्छीन् “म करिब ३० सालको थिए र मैले गर्भनिरोधक गोलि लिई रहेको थिईन किनकि त्यो गोलीले मलाई राम्रो संग  काम गरेको थिएन | मैले सोचिरहेको थिएं कि स्वास्थ्यमा भएको यो समस्यालाई कसरि सम्बोधन गर्नको लागि किन नयाँ तरिकाले नसोच्ने भनेर मैले यो बनाएको हो |”
उनी अगाडी भन्छिed-430x316न् , “क्लू पूर्ण रुपमा महिलाहरुको सशक्तिकरणको लागि हो |यो महिलाको स्वास्थको लागि हो |यो महिलालाई स्वास्थ्य सम्बन्धि फैसला लिन र त्यसलाई सुधार्न धेरै सहयोगी हुनेछ ”
निशुल्क उपलब्ध यो एप दुनियाभरका १८० देशमा रहेका २० लाख भन्दा बढी महिलाहरुले प्रयोग गरिरहेका छन् |तपाईले यो एप लाई आफ्नो Android मोबाईल फोनको प्ले स्टोर र Apple को प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुनेछ |
श्राेतः समाजिक संजाल



,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.